यसअनुसार कात्तिक १२ गतेसम्म कायम रहने माइक्रोफाइनान्सको शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
किसान माइक्रोफाइनान्सले चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद जारी गर्न लागेको हो ।
जसका लागि लघुवित्तले सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।
माइक्रोफाइनान्सले हकप्रद निष्काशन मिति भने तोकिसकेको छैन ।
माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ६ करोड १९ लाख ८४ हजार ५०० रुपैयाँ पुग्नेछ भने हकप्रद जारी गर्दा कम्पनीको पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ । लघुवित्तकाे शेयर कात्तिक ६ गते मंगलबार प्रतिकित्ता एक हजार ६६६ रूपैयाँ हाराहारीमा काराेबार भएकाे छ ।