विश्वका भ्रमण योग्य १० शहरहरुको सूचीमा पाँचौ नम्बरमा काठमाडौं

Oct 23, 2018 Merolagani

सन् २०१९ मा विश्वका भ्रमण योग्य १० सहरहरुको सूचीमा काठमाडौं पनि समावेश भएको छ । विश्वभरीमा भ्रमण लायक स्थानहरुको रेटिङ गर्ने संस्था लोन्ली प्लानेटले काठमाडौंलाई पनि आगामी वर्षको उत्कृष्ट भ्रमण गन्तव्यको सूचीमा समावेश गरेको हो ।

लोन्ली प्लानेटद्धारा जारी सूचीमा काठमाडौं पाँचौ नम्बरमा समावेश छ । दश उत्कृष्ठ भ्रमण योग्य सहर गन्तव्यमा दक्षिण एसियाबाट काठमाडौं मात्रै समावेश छ ।

सार्वजनिक सूचीको पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ भने अन्तिम दशमा मोरक्कोको मेकनेस शहर रहेको छ ।

काठमाडौं भन्दा आघि रहेका चार उत्कृष्ठ भ्रमण गन्तव्यमा कोपनहेगन डेनमार्क, छेनजेन चीन,नोभीसाद सर्विया र मियामी अमेरिका रहेका छन्।

त्यस्तै छैटौं नम्बरमा मेक्सिको सीटी मेक्सिको,सातौं नम्बरमा सेनेगलको डाकर, आठौं नम्बरमा अमेरिकाको सियाटल रहेका छन् । सूचीको नवौं नम्बरमा क्रोएसियाको जाडर र मोरक्कोको मेकनेस सहर दशौँ नम्बरमा समावेस छ ।

तीन वर्ष अघिको महाभूकम्पबाट सिथिल बनेको ऐतिहासिक काठमाडौं सहर पुनः पुरानै अवस्थामा फर्कीएको लोन्लिप्लानेटले लेखेको छ। नियमित बिजुली र भरपर्दो इन्टरनेट सेवाले गर्दा काठमाडौं अझै सहज भएको पनि  लोन्ली प्लानेटले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।