सिद्धार्थ इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, कति आयो प्रारम्भिक कटअफ ?

Oct 23, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले असोज १९ देखि २६ गतेसम्म लिलामीमा राखेको ३७ हजार २१६ कित्ता शेयरको शिलबन्दी बोलपत्र मंगलबार एनएमबि क्यापिटलमा खुला गरिएको छ । प्रारिम्भिक तथ्याङ्क अनुसार ८४ जना आवेदकले साधारण र एक आवेदकले संस्थापक शेयर सकारेका छन् । 

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार साधारण शेयरको प्रारम्भिक कटअफ ६१६ रुपैयाँ कायम भएको छ भने भने संस्थापक शेयरको प्रारम्भिक कटअफ १८२ रुपैयाँ निर्धारण भएको छ । 

यसअनुसार साधारण शेयरका लागि ६१६ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा र संस्थापक शेयरका लागि १८२ रुपैयाँमा बोलपत्र पेश गर्ने आवेदकले सिद्धार्थ इन्स्योरेन्सको लिलामी शेयर प्राप्त गर्ने देखिएको छ । यो नै अन्तिम तथ्याङ्क नभएको समेत क्यापिटलले स्पष्ट पारेको छ ।

साधारण शेयरका लागि ६६८ वटा बोलपत्र प्राप्त भएकोमा अधिकतम ६४८ रुपैयाँसम्मको आवेदन परेको थियो ।

संस्थापक शेयरका लागि तीन वटा आवेदन परेकोमा एउटा साविकको संस्थापक शेयरधनी नभएका कारण रद्ध भएको छ भने अर्को आवेदकले १६२ रुपैयाँ प्रतिकित्ताका दरले आवेदन गरेकाले शेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

सोमबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६४८ रुपैयाँमा कारोबार भएको थियो ।

लिलामी मार्फत हकप्रद शेयर सकारेसँगै कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । जसका लागि कम्पनीले गतबर्षको कमाईबाट बोनस वितरण गरेर पूँजी जुटाउन सक्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।