वाणिज्य बैंकहरुमा पनि एनएमबी बैंकको शेयरमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ । एनएमबी बैंक कारोबार रकम र शेयर संख्याको आधारमा शिर्ष दश सूचीको पहिलो स्थानमा छ ।
बैंकको भदौ महिना भित्र १६ लाख १३ हजार कित्ता शेयर ५३ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स बाहेक शिर्ष दश स्थानमा वाणिज्य बैंकहरुमात्रै रहेका छन् । नेपाल लाइफको ३३ करोड १६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै एनआईसी एशिया बैंकको ४१ करोड ४१ लाख १० हजार, कुमारी बैंकको २७ करोड ७० लाख ३० हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर २७ करोड ५ लाख ७० हजार, नेपाल बैंकको २६ करोड ६९ लाख ४० हजार, ग्लोवल आईएमइ बैंकको २० करोड ६८ लाख, प्राइम बैंक १९ करोड ९९ लाख ५० हजार, प्रभु बैंकको १८ करोड ७८ लाख ४० हजार र जनता बैंकको १८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएको शेयर संख्याको आधारमा भने उत्कृष्ट दशभित्र वाणिज्य बैंकहरु मात्रै रहेका छन् । एनएमबी बैंक सहित एनआईसी एशिया, जनता, मेगा, प्रभु, एनसिसि, सिभिल, नेपाल बैंक र ग्लोवल आईएमइ बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
कुमारी बैंकको १२ लाख २४ हजार कित्ता, एनआईसी एशियाको १० लाख ९५ हजार कित्ता, जनता बैंकको १० लाख ७६ हजार कित्ता, मेगा बैंक ९ लाख ६९ हजार कित्ता, प्रभु बैंकको ९ लाख ४१ हजार कित्ता, एनसिसि बैंकको ८ लाख ४६ हजार कित्ता, सिभिल बैंक ७ लाख ९२ हजार कित्ता, नेपाल बैंकको ७ लाख ६४ हजार कित्ता र ग्लोवल आईएमइ बैंकको ६ लाख ७३ हजार कित्ता शेयर किनबेच भएको हो ।
भदौ महिनाभर शेयर बजार २० दिन खुलेको थियो ।