शेयर बजारमा सामान्य गिरावट, प्रभु बैंकको किन हुँदैछ उच्च कारोबार ?

Oct 23, 2018 Merolagani

शेयर बजार परिसूचक मंगलबार पनि २.७० अंकले ओरालो लागेर १२४१.८४ बिन्दुमा झरेको छ । सोमबार १.९८ अंकले घटेको बजारको गिरावट मंगलबार थप बढेको हो । सूचक घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा मंगलबार दुई करोड ८९ लाख रुपैयाँले सुधार आएको छ ।

लगानीकर्ताहरु विस्तारै चाडवाडको माहोलबाट बजारमा फर्किदै गर्दा कारोबार रकम बढ्दै जान थालेको छ ।

दशैंपछिको पहिलो कारोबार दिन आइतबार १४ करोडको कारोबार भएको थियो । सोमबार १६ करोड ९८ लाखको शेयर खरिद बिक्री भएकोमा मंगलबार १९ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको १५५ कम्पनीको ८ लाख ४२ हजार १९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबा नेप्से सूचक बढेपनि सोमबार र मंगलबार दुइ दिन घटेको छ । बैंकहरुमा लगानीयोग्य रकमको घट्दै जान थालेपछि त्यसको नकारात्मक असर शेयर बजारमा देखा पर्न थालेको हो । बचतको ब्याजदर घटाएपनि ऋणको व्याजदर घटाउन सकिने अवस्था नरहेको यसअघि नै बैंकरहरुले बताइसकेका छन् ।

मंगलबार सहित प्रभू बैंकको चौथो कारोबार दिनमा उच्च शेयर कारोबार भएको छ । दशैं अघिको अन्तिम कारोबार दिन असोज २९ गते दुई करोड ५४ लाखको शेयर कारोबार भएको थियो । दशैं पछि खुला भएको पहिलो कारोबार दिन कात्तिक ४ गते प्रभु बैंकको ३ करोड १६ लाखको कारोबार भयो ।

कात्तिक ५ गते ३ करोड २५ लाख र ६ गते मंगलबार अझ बढ्दै ३ करोड ३७ लाखको कारोबार भएको छ । मंगलबार प्रभु बैंकको एक लाख ३५ हजार १५७ कित्ता शेयर २२६ पटक कारोबार भएको छ ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा प्रभु बैंकले राम्रो प्रगति गरेको सूचना बाहिरिएपछि बैंकको उच्च शेयर कारोबार हुन थालेको एक ब्रोकरले मेरोलगानीलाई बताए ।

त्यसैगरि एनआइसी एसिया बैंकको एक करोड ७० लाख र कुमारी बैंकको शेयर एक करोड एक लाख रुपैयाँको कारोबार भयोे । अन्य कुनैपनि कम्पनीको कारोबार एक करोड नाघ्न सकेको छैन ।

मेगा, एनएमबि बैंक, नाडेप लघुवित्त, सिद्धार्थ बैंक, चिलिमे हाइड्रोपावर, सानिमा र बैंक अफ काठमाडौं शिर्ष कारोबार हुने १० कम्पनीमा समेटिएका छन् ।

मंगलबार कारोबारमा आएका दश उप समूह मध्ये तीन वटाको सूचक बढेको छ भने सात वटाको सूचक झरेको छ । जसमध्ये उत्पादनमूलक उप समूहको सूचक सबैभन्दा धेरै ३१.६२ अंकले बढेको छ । वित्त उप समूहको सूचक ४.३६ अंकले वृद्धि हुदाँ बैंकिङ्ग समूहको सूचक झिनो अंकले बढेको छ ।

उता निर्जीवन बीमा उप समूहको सूचकमा सबैभन्दा धेरै ७१.४७ अंकले गिरावट आएको छ । जीवन बीमा ३१.६३, लघुवित्त ८.५९, विकास बैंक ७.४२, अन्य ५.३६ र जलविद्युतको सूचकमा २.५३ अंकले ह्रास भएको छ ।

यसदिन युनाइटेड फाइनान्सको शेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक लागेको छ ।

अरुण काबेली पावरको शेयरधनीले ५.१७ प्रतिशतले कमाएका छन् । ग्लोबल आईएमइ लघुवित्तको शेयर मूल्य ३.७२ प्रतिशतले बढेको छ । साथै सानिमा इक्वीटी, पूर्णीमा विकास बैंक, नेपाल इन्स्योरेन्स, बोटलर्स नेपाल तराई र युनिलिभर नेपालको शेयरमूल्य दुई प्रतिशत बढीले बढेको छ ।

यता गुमाउने कम्पनीहरु मध्येमा समता माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ४.१६ प्रतिशत गिरावट आएको छ । कालिका लघुवित्त र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य पनि तीन प्रतिशतले ओरालो लागेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।