यसअघि धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलार्इ साधारण र संस्थापक दुबैथरी शेयरधनीलाई एकैसाथ हकप्रद शेयर जारी गर्ने अनुमति दिने गरेको थियो ।
शतप्रतिशत साधारण सेयर रहेको एभरेष्ट इन्स्योरेन्सले संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउनुपर्ने बीमा समितिको अनिवार्य व्यवस्था अनुसार संस्थापक हकप्रद निष्काशन गर्न लागेको हो ।
एभरेष्ट इन्स्योरेन्सको हाल १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेकाे छ । कम्पनीले १०५ प्रतिशतले हुने १४ करोड ३ लाख ३२ हजार रुपैयाँको संस्थापक हकप्रद बिक्री गरेर चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुर्याउनेछ ।
संस्थापक हकप्रद बिक्री गरे लगत्तै कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाउने छ ।
१०५ प्रतिशत संस्थापक हकप्रद तथा ३०० प्रतिशत हकप्रद बिक्री गरे पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ६० लाख हाराहारी पुग्नेछ ।
इन्स्योरेन्सको हकप्रद सेयर सिद्धार्थ क्यापिटलले निष्काशन गर्नेछ ।
बोर्डको अनुमतिसँगै एभरेष्ट इन्स्योरेन्स पहिलो पटक संस्थापक हकप्रद बिक्री गर्ने कम्पनी हुनेछ । यसअघि बैंक अफ काठमाण्डूले संस्थापक एफपिओ बिक्री गर्ने प्रयास गरे पनि धितोपत्र बोर्डले त्यसलाई स्थगित गराएको थियो ।
एभरेष्टले यस अघि ६०० प्रतिशत हकप्रद धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको थियो । तर बीमा समितिको संस्थापक र साधारण सेयरधनीको हिस्सा ५१:४९ अनुपात हुनैपर्ने व्यवस्थाले धितोपत्र बोर्डले एभरेष्टको हकप्रदलाई स्थगन गरेको थियो ।