पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुको शेयरमूल्यमा यस्तो देखियो उतारचढाव

Oct 23, 2018 Merolagani

पछिल्लो दुई महिनामा सेयरबजारका लगानीकर्ताहरुको ध्यान वाणिज्य बैंकहरुले तान्दै गर्दा वाणिज्य बैंकहरुको शेयर मूल्य समेत बढ्दै गएको पाईएको छ । चालु आर्थिक बर्षको सबैभन्दा न्यून बिन्दु ११६३ अंक आसपासमा वाणिज्य बैंकहरुको शेयरमा लगानी गरेका लगानीकर्ताले ४७ प्रतिशतसम्म नाफा कमाएका छन् ।

चालु आर्थिक बर्षको सबैभन्दा न्यून बिन्दुमा वाणिज्य बैंकहरुको शेयरमा लगानीगर्ने चार बैंकका लगानीकर्ता मात्रै नोक्सानीमा देखिएका छन् ।

यसवधिमा उच्च नोक्सानी व्योहोर्ने लगानीकर्ता पनि तीन प्रतिशत भन्दा कम नोक्सानीमा छन् ।

यो आँकडाले पनि शेयरबजार घटेको बेला बजार छिर्ने लगानीकर्तालाई नाफा कमाउने अवसर सधैँ रहन्छ भन्ने देखाउँछ ।

यहाँ चालु आर्थिक बर्षको सबैभन्दा न्यून बिन्दु ११६३ अंक पुगेको बजारको शेयरमूल्यको आधारमा बैंकहरुको शेयरमूल्यको उतारचढावलाई कार्तिक ६ गते मंगलबारको शेयरमूल्यको आधारमा विश्लेषण गरिएको छ । गत साउन २७ गते नेप्से चालु आर्थिक बर्षकै न्यून बिन्दुमा रहेको थियो ।

नेप्से इन्डेक्स न्यून विन्दुमा रहदा बजार छिर्ने एनआईसी एशिया बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४७.०४ प्रतिशतसम्म कमाएका छन् भने स्ट्याण्र्डड चार्टर्ड बैंकमा लगानी गर्नेले सबैभन्दा धेरै २.८८ प्रतिशतसम्म गुमाएका छन् । एभरेष्ट, नेपाल एसबिआई र हिमालयन बैंकका लगानीकर्ता नोक्सानीमा रहदा अन्य सबै वाणिज्य बैंकका लगानीकर्ता नाफामै रहेको देखिन्छ ।

त्यस्तै ३० प्रतिशत भन्दा धेरै मुल्य वृद्धि हुनेमा प्रभु बैंक, कुमारी बैंक र बैंक अफ काठमान्डू रहेको छ । यस्तै २० देखि ३० प्रतिशत सम्म शेयर मुल्य वृद्धि हुनेमा मेगा, जनता, एनसीसी र प्राइम कमर्सियल बैंक रहेका छन् । 

१० देखि २० प्रतिशत सम्म शेयर मुल्य वृद्धि हुनेमा सिभिल, एनएमबि, सेन्चुरी, सनराइज, सिद्धार्थ, सानिमा, कृषि विकास, ग्लोबल आइएमई, माछापुच्छ्रे र नेपाल बैंक रहेका छन् ।

नेपाल बंगलादेश, नबिल, लक्ष्मी र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत भन्दा कम बढेको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को हाल सम्ममा नेप्से इन्डेक्स असोज ९ गते सबै भन्दा उच्च १२८०.०५ बिन्दुमा पुगेको थियो भने साउन २७ गते सबै भन्दा कम ११६३.९४ विन्दुमा झरेको थियो । कार्तिक ६ गते १२४१.८४ बिन्दुमा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।