बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

Oct 24, 2018 Merolagani

नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी गर्ने सहकार्य भएको छ । यस अनुसार अब बङ्गलादेश बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका छन् ।

प्रविधिको प्रयोग गरेर ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त सकिने बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले बताए । उनले भर्ने यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’

सन २०१७ जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको ‘खल्ती’ पेमेन्ट गेटवे हो । यसको एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने व्यवस्था छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।