भैरवकुण्ड हाइड्रोपावरले झण्डै ३२ करोडको आर्इपिओ जारी गर्ने

Oct 25, 2018 Merolagani

भैरवकुण्ड हाइड्रोपावर (BHAIRAB) ले प्राथमिक शेयर (आइपिओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर झण्डै ३२ करोड बराबरको आईपिओ जारी गर्ने अनुमति माग गरेको छ ।

कम्पनीले ३१ लाख ८३ हजार २८० कित्ता आर्इपिओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो। 

कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता आर्इपिओ  निष्काशन गर्ने भएको हो।

कम्पनीले निष्कासन गर्न लागेको ३१ लाख ८३ हजार २८० कित्ता शेयरमध्ये एक प्रतिशत आयोजनका कर्मचारी, दश प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने जनाएको छ ।

कम्पनीको १५ औं बार्षिक साधारण सभाले आर्इपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले जारी पूँजी ६५ करोडको ४८ दशमलव ९७ प्रतिशत साधारण शेयर जारी गर्ने भएको होे । आर्इपिओपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीले आर्इपिओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।

भैरवकुण्ड हाइड्रो सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाउँपालिकामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ। वि.सं. २०६६ भदौमा जेनेरेसन लाईसेन्स प्राप्त गरी २०७१ जेठ देखि उत्पादन शुरू गरेको थियो  ।

वि.सं. २०७२ को भूकम्पका कारण यो आयोजना क्षतिग्रस्त बनेपछि उत्पादन बन्द भएको थियो भने भोटेकोशीको बाढीले पनि आयोजनामा क्षति पुर्याएको थियो । आठ करोड रुपैयाँ खर्चिएर यो आयोजना पुननिमार्ण भई सुचारु भइसकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।