नेशनल लाईफको २ लाख ७८ हजार कित्ता शेयर कात्तिक १५ देखि लिलामीमा आउने

Oct 25, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(NLICL) को २ लाख ७८ हजार ११९ कित्ता शेयर कार्तिक १५ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीको लिलामी शेयरमा कार्तिक २६ गतेसम्म आवेदन गर्न पाइनेछ ।

नेशनल लाईफले गत साउन १ देखि भदौ १९ सम्म बिक्री खुला गरेको ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि निष्काशन गरेको सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा उपलब्ध गराइएको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेट बैंक लिमिटेडको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स को शेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ६९५ रूपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।