मर्जरमा जाने संकेत गर्दै ग्लोबल आईएमई लघुवित्तले पनि रोज्यो हकप्रदकै बाटो

Oct 25, 2018 Merolagani

पछिल्लो समयमा लघुवित्त कम्पनीहरुले मर्जरमा जाने विकल्प सहित साधारणसभा आह्वान गर्न थालेका छन् । यसै क्रममा १५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको ग्लोबल आइएमई लघुवित्त (GILB) ले पनि आफु जस्तै संस्थासँग मर्जरमा जाने संकेत गरेको छ ।

संस्थाले कात्र्तिक २९ गते बोलाएको छैठौं बार्षिक साधारण सभामा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने प्रयोजनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । यसले यो संस्था पनि मर्जरमा जान इच्छुक रहेको देखिन्छ ।

यसअघि वोमी माइमाइक्रोफाइनान्स तथा गणपति माइक्रोफाइनान्सले पनि मर्जरमा जाने संकेत गर्दै साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव पारित गराउने निर्णय गरेका थिए ।

कात्र्तिक २९ गते हुने ग्लोबल आइएमई लघुवित्तको साधारणसभाले १५ प्रतिशत बोनस शेयर समेत पारित गर्दैछ । साथै कम्पनीले बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय साधारणसभाबाट पारित गराउदैछ ।

लघुवित्तले चुक्ता पूँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँको १५ प्रतिशत अर्थात् एक करोड ४४ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ लाख पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद बेचेर थप ११ करोड चुक्तापूँजी बढाउने कम्पनीको योजना छ ।

कम्पनीको साधारण सभा गेट वे हिमालय रिसोर्ट बेसिशहर, लमजुङमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्र्तिक १६ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको बोनस प्राप्त गर्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।