आँखुखोलाको आईपिओ बाँडफाँड मोडल यस्तो बन्यो, आइतबार बाँडफाँड हुने

Oct 25, 2018 Merolagani

- ४७ हजार जनाले २० कित्ता पाउँदा १० कित्ता पाउने कति ?
आँखु खोला जलविद्युत कम्पनीको साधारण सेयर बाँडफाँडको मोडल तयार भएको छ । कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ४७ हजार ४ सय जनाले २० कित्ताको दरले सेयर पाउने गरी मोडल तयार भएको छ । कम्पनीको आईपिओमा परेका आवेदन मध्ये ६१ व्टा आवेदन रद्ध भएका छन् ।

  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले सेयर बाँडफाँडको मोडल तयार गरेर धितोपत्र बोर्डमा पठाएको छ ।

अब बोर्डले बाँडफाँडको अनुमति दिए पछि आइतबार सेयर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । जस अनुसार कम्पनीको सेयरमा आवेदन गरेका ८३ हजार ३ सय १६ जनालाई सेयर बाँडफाँड हुनेछ ।

पहिलो चरणमा ८३ हजार ३ सय १६ आवेदकलाई १० कित्ताका दरले ८ लाख ३३ हजार १ सय ६० कित्ता सेयर बाँडफाँड गरिने मोडलमा उल्लेख छ । यसरी बाँडफाँड गर्दा बाँकी रहने ४ लाख ७४ हजार कित्ता सेयर १० कित्ताका दरले ४७ हजार ४ सय आवेदकलाई थप सेयर बाँडफाँड गर्ने मोडलमा उल्लेख छ ।

जस अनुसार दोस्रो पटक थप १० कित्ता सेयर पाउनेहरुले जम्मा २० कित्ता सेयर पाउने छन् भने पहिलो चरणका ८३ हजार ३ सय १६ मध्ये ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता मात्र सेयर पाउने छन् ।

धितोपत्र बोर्डले उल्लेखित मोडलमा परिमार्जन गर्दै सबै आवेदकलाई १५ कित्ता सेयर बाँडफाँड गराउन सक्ने सम्भावना पनि रहन्छ । बोर्डले मोडल स्वीकृत गरे पछि आइतबार बाँडफाँड गरिने सिभिल क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा ४.४३ गुणा बढी आवेदन परेको हो । कर्मचारीका लागि २७ हजार ५ सय २० कित्ता सेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता सेयर मात्र माग गरेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४ सय ६१ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बितरण गर्ने मोडलमा उल्लेख छ ।

कम्पनीको वित्तीय अवस्था कमजोर रहेका कारण कम्पनीका कर्मचारीले आवेदन नगरेका हुन् । कम्पनीका सेयरधनीले लाभांस पाउनका लागि लामो समय कुर्नु पर्ने विषय कम्पनीले नै विबरण पत्रमा उल्लेख गरेको छ ।

६० करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको साधारण सेयर पश्चात चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ । यसमा आयोजना प्रभावितका लागि यस अघि बिक्री गरिएको सेयर समेत पर्नेछ ।

सेयर बाँडफाँडको मोडल यस्तो छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।