शेयर बजार सुधारको माग गर्दै लगानीकर्ताले फेरी थाले दौडधुप

Oct 25, 2018 Merolagani

दशैं सकिए लगतै शेयर बजारका लगानीकर्ताहरु बजार सुधारको माग गर्दै नियामक निकायमा दौडधुप गर्न थालेका छन् । बिहिबार नेपाल पूँजी बजार संघका केही सदस्यहरुले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज पुगेर बजार सुधारका गतिविधिहरु बारे जानकारी लिएका छन् ।

बोर्ड र नेप्सेका उच्च अधिकारीहरुसँगको भेटमा लगानीकर्ताहरुले पूर्ण अनलाइन कारोबार प्रणाली, मार्जिन ल्यान्डिङ्ग, मार्जिन टेड्रिङ्ग लगायतको बिषयमा जानकारी माग्नको साथै ब्रोक्रेज सेवा विस्तारको माग समेत राखेका छन् ।

लगानीकर्तासँगको भेटमा नेप्सेका अधिकारीहरुले धितोपत्र बोर्डले अनुमति दिएको खण्डमा कार्तिक १५ गते देखि ब्रोकरहरुले आन्तरिक रुपमा तथा मंसिर पहिलो साताबाट आम लगानीकर्ताले अनलाइन मार्फत शेयर कारोबार गर्न सक्ने जानकारी दिएको संघका अध्यक्ष नवराज सुवेदीले मेरोलगानीलाई बताए ।

त्यसैगरी लगानीकर्ताले धितोपत्र बोर्डका अधिकारी समक्ष मार्जिन ल्यान्डिङ्ग, मार्जिन टेड्रिङ्ग लगायत ब्रोकर कमिशन घटाउने लगायतका बिषय उठाएका थिए ।

सो क्रममा बोर्डका अधिकारीहरुले मार्जिन ल्यान्डिङ्गको विषय अन्तिम चरणमा पुगेको र छिटै लागू हुने बताएका थिए । त्यस्तै ब्रोकर कमिसन घटाउने बिषयमा समेत छिट्टै छलफल गरेर टुङ्गगोमा पुर्याउने प्रतिबद्धता जनाएको पनि लगानीकर्ताले जानकारी दिए ।

त्यसैगरी भेटमा लगानीकर्ताहरुले स्थानीय तहबाटै ब्रोकज लाइसेन्स वितरण गर्ने व्यवस्था गर्नुपर्ने माग समेत राखेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।