किर्तिमानीतिर सुनको भाउ ,६ वर्षयताकै उच्च मूल्यमा कारोबार

Oct 25, 2018 Merolagani

बिहिबार नेपाली बजारमा सुनको मूल्य पछिल्लो ६ वर्षयताकै महंगो बनेको छ । बुधबार भन्दा ३ सय रूपैयाँले बढेर छापावाल सुन बिहिबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

यस्तै तेजाबी सुनको मुल्य बिहिबार ६० हजार १ सय रूपैयाँ कायम भएको छ बुधबार उक्त सुनको प्रतितोला मुल्य ५९ हजार ८ सय कायम थियो ।

 

अन्तर्रा्ष्ट्रिय बजारमा डलर मजबुत बन्दा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । 

दीपावलीको समयमा भारतमा सुनको माग अत्याधिक बढ्दा त्यसको असर नेपालमा पनि देखिएको बज्राचार्यको भनाई छ । क्रयशक्ति कमजोर रहेको नेपाल र सुनको बढ्दो मूल्यले गर्दा व्यवसायमा असर परेको गुनासो व्यवसायीले गरेका छन्।

साबिकको समयमा भिड हुने सुन पसलहरूमा सार्वसाधरणको उपस्थित मूल्य बढेसंगै पातलिदैं गएको  छ ।

तिहारसम्म सुनको मूल्य अझै उकासिन सक्ने व्यवसायीको आंकलन छ । जसले गर्दा सर्वसारधण सुन खरिदकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

पछिल्लो समय असोज २६ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६० हजार कायम भएको थियो । नेपालमा हालसम्म सबै भन्दा उच्च बिन्दुमा सुनको बारोबार २०६९ भदौमा पुगेको थियो ।

उक्त समय प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँ कायम थियो । त्यस याता ६० हजार भन्दा कम मूल्यमा सुनको कारोबार हुंदै आई रहेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।