नौ अर्ब लागतमा मर्स्याङ्दी करिडोर प्रसारण लाइनको निमार्ण कार्य अघि बढ्यो

Oct 25, 2018 RSS

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ। मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

सो करिडोरमा एक हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन्।

उनले केही महिनाअघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारण लाइन निर्माण प्रक्रिया शुरु भएको बताएका थिए ।

कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । मर्स्याङ्दी करिडोरअन्तर्गतको लमजुङ्गको उदिपुर र चितवनको भरतपुरमा २२०/१३२/३३ केभी क्षमताको सब-स्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिस्पर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोलिसकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको आयोजनाले जनाएको छ । प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ्ग (धारापानी)–खुदी–उदीपुर (लमजुङ्ग) प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि ठेक्का सार्वजनिक गरेको छ ।

प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मङ्सिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करिब ४६ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नेछ ।

उदिपुर–भरतपुर खण्डमा पर्ने करीब ६४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम शुरु भइसकेको छ ।

युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

आयोजनाको अनुमानित लागत नौ अर्ब रूपैयाँ रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८/७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारण लाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको छ । उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ ।

उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारण लाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने बताए । सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ ।

उदिपुर–मार्किचोक (तनहुँ)–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोट भइ काम शुरु भइसकेको छ । मार्किचोक र काठमाडौँको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । 

मर्स्याङ्दी करिडोर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मर्स्याङ्दी र काठमाडौँ आउनेछ । मार्किचोक–काठमाडौँ २२० केभी प्रसारण लाइनको निर्माण धमाधम भइरहेको छ । प्रसारण लाइन तथा सबस्टेसनको निर्माण आगामी वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।