अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङ्गले सफ्टवेयर अपडेटको बहानामा योजनाबद्ध रुपमा नै स्मार्टफोन स्लो बनाउँदै त्यसको सिस्टम नै बिगारिदिएको भन्दै आरोप लगाइएपछि इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले उनीहरुमाथि भारी जरिवाना लगाएको हो ।
एप्पल र सामसुङ्गले आफ्ना पूराना मोडेलका ह्याण्डसेटमा उपलब्ध गराएको सफ्टवेयरका कारण मोबाइल सेटहरु निकै स्लो भएको र यसबाट कम्पनीहरुले प्रयोगकर्तालाई नयाँ मोबाइल किन्न बाध्य पारेको गुनासो इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले गर्दै आएका थिए ।
एक विज्ञप्ति जारी गर्दै उक्त निकायले एप्पल र सामसुङ्गले उपलब्ध गराउने सफ्टवेयर अपडेटका कारण स्मार्टफोनमा गम्भीर समस्या उत्पन्न हुने गरेको जनाएकाे थियाे ।
त्यस्तै स्मार्टफोनको ब्याट्रीमा पनि समस्या आएका कारण त्यसका प्रयोगकर्ताहरु नयाँ स्मार्टफोन किन्न बाध्य हुने गरेको विज्ञप्तिमा बताएको छ ।
उसले आफ्नो बयानमा बनेको छ, एप्पल र सामसुङ्गले ‘अनुचित कमर्सियल प्रथा’ लागू गर्यो ।
साथै यी कम्पनीहरुले आफ्नो नयाँ मोडलका स्मार्टफोनको खरिदका लागि पुराना मोडलमा बारम्बार नयाँ सवल्टवेयर अपडेट गर्नका लागि नोटिफिकेसन पठाएर योजनाबद्ध रुपमा समस्या सिर्जना गराइएको इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले आरोप लगाएका थिए ।
-बीबीसी