नाडेप लघुवित्त (NADEP) ले एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको छ ।
हकप्रद बिक्रीका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । लघुवित्तको गत भदौ १ गते सम्पन्न तेश्रो बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
११ करोड २० लाख पूँजी रहेको लघुवित्तले असार १० गतेदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेर १६ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो । शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।
यसैगरि सिर्जना फाइनान्स (SFFIL) ले १० बराबर ६ अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गरेको छ । फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको छ । फाइनान्सको हकप्रद शेयरको बिक्री सनराइज क्यापिटल रहेको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
फाइनान्सको गत जेठ १२ गते सम्पन्न संस्थाको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।