चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म लक्ष्मी लद्युवित्तले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ।
अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ४.६६ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले यो अवधिमा खुद व्याज आम्दानी ६ करोड ५९ लाख रुपैयाँ गरेको छ । १३ करोड २ लाख ब्याज आम्दानी गरेको लघुवित्तको ६ करोड ४२ लाख ब्याज खर्च छ ।
असोज मसान्तसम्म एक अर्ब ६८ करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलाई दुई अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै एक अर्ब बढी निक्षेप संकलन गरेको छ ।
चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा रहेको छ भने जगेडा कोषमा २२ करोड ४८ लाख राखेको छ । गतबर्षको तुलनामा जगेडाकोषमा झण्डै दश करोड रुपैयाँ थपिएको छ ।
लघुवित्तको निष्कृय कर्जा ०.९९ प्रतिशत, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा, मुल्य आम्दानी अनुपात २३.१५ गुणा तथा प्रति शेयर नेटवर्थ १९२ रुपैयाँ ९० पैसा छ ।
लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार उसले ६ करोड ३५ लाख ९४ हजार ४०० रुपैयाँ (नगद लाभांशको कर सहित) वितरण गर्नेछ ।