नेपाल बैंक पनि पुग्यो धितोपत्र बोर्ड, एफपिओमा छलफल सुरु

Oct 26, 2018 Merolagani

नेपाल बैंकले धितोपत्र बोर्डलाई एफपिओ नामसारीका सम्बन्धमा गरेको निर्णयमा पुनरबिचारका लागि आग्रह गरेको छ । बैंकको एफपिओ प्रत्याभुत गरेका मर्चेण्ट बैंकरहरुले धितोपत्र बोर्डलाई बोर्डको निर्देशन पुनरबिचारको माग गरे लगत्तै बैंकले पनि सोही अनुसारको पत्र बोर्डमा पठाएको हो ।

सेयर निष्काशन भएको लामो समय बित्दा समेत सूचीकरण नहुँदा लगानीकर्ताको लगानी बन्धक भैरहेको छ ।

छिटोभन्दा छिटो सेयर सूचीकरण गराउनु पर्ने विषय महत्वपूर्ण भए पनि सबै पक्ष आआफ्नो अडानमा बस्न थाले पछि सेयर सूचीकरणको प्रकृया अझै पर सरेको छ । यसले लगानीकर्ता भने समस्यामा परेका छन् ।

मेरोलगानीसँग कुरा गर्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले भने, ‘हामी सेयर सूचीकरणमा भएको ढिलाईका सम्बन्धमा चिन्तित छौं । तर सेयर निष्काशनका बेला भएका सम्झौता अनुसार काम नहुँदा समस्या पर्ने भएकाले हामीले बोर्डलाई आफ्नो निर्देशनमा यस पटक पुनरबिचार गरिदिन आग्रह गरेका हौं ।’

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले पनि बोर्डले अब गर्ने निर्णय अन्तिम निर्णय हुनेभन्दै लगानीकर्तालाई थप पर्खाउने पक्षमा आफुहरु नरहेको प्रष्ट पारेका छन् ।

नेपाल बैंकको एफपिओ धितोपत्र बोर्डबाट स्वीकृत हुने समयमा नै प्रत्याभुतकर्ताले गरेको सम्झौता अनुसार तेस्रो पक्षको नाममा सेयर नामसारी हुने व्यवस्था गरिएको थियो । तर धितोपत्र बोर्डले प्रष्ट कानुनी व्यवस्था नभएकाले त्यसरी सेयर नामसारी गर्न नमिल्ने भन्दै सम्बद्ध पक्षहरुलाई प्रत्याभुतकर्ताकोमा सेयर पठाएर दोस्रो बजारबाट अरु पक्षलाई सेयर जिम्मा लगाउन निर्देशन दिएको थियो ।

सेयर प्रत्याभुतकर्ता मेर्चेण्ट बैंकर तथा नेपाल बैंक स्वयम्ले समेत बोर्डको निर्देशनलाई पुनरबिचार गर्न माग गरे पछि बोर्ड छलफलमा जुटेको छ । मेरोलगानीसँग कुरा गर्दै बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘लगानीकर्ताको लगानी लामो समय बन्धक भैसकेको अवस्था छ । त्यही भएर बोर्डले यो विषयलाई छिट्टो अर्को निर्णयमा पुर्याउँछ । तर निर्णय के हुन्छ अहिले नै भन्न सकिन्न ।’

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।