दशैं पछिको बजारमा लगानीकर्ताको छनौटमा परेका यस्ता छन् मुख्य दश कम्पनी

Oct 26, 2018 Merolagani

दशैं पछि खुलेको शेयर बजारमा हप्ताभरको कारोबारमा नेप्से सूचकमा सामान्य गिरावट आएपनि दैनिक कारोबार रकममा सुधार देखिएको छ। साताभर पुरै पाँच दिन कारोबार भएको बजारमा लगानीकर्ताको छनौटमा भने वाणिज्य बैंकहरु नै अग्रपंत्तिमा देखिएका छन् ।

साताभर नेप्से झिनो अंकले झरेको छ । गत बिहीबार १२४१.६३ अंकमा रहेको नेप्से सूचक यो साताको अन्तिम दिन बिहीबार १२४१.११ अंकमा झरेको छ । साताभर नेप्से ०.५२ अंकले मात्र घटेको हो ।

आइतबार र बुधबार बजार बढेपनि सोमबार,मंगलबार र विहिबार घटेको थियो । नेप्से घटेपनि दैनिक कारोबारमा सुधार हुँदै जादा पाँच दिनमा एक अर्ब एक करोड बढीको कारोबार भएको छ ।

दशैंपछि खुलेको बजारमा पनि वाणिज्य बैंकहरु लगानीकर्ताको पहिलो छनौटमा परेका छन् । उच्च कारोबार हुने र धेरै शेयर किनबेच हुने कम्पनीको दश सूचिमा वाणिज्य बैंकहरुको वर्चश्व देखिन्छ ।

रकम र शेयर संख्याका हिसाबले उच्च कारोबार हुने दश कम्पनीको सूचीमा वाणिज्य बैंकहरु मात्रै देखिएका छन् । यसले गत बर्षको लाभांश घोषणा गर्न बाँकी रहेकाले पनि बाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

 

 

 

कारोबार रकम र धेरै शेयर किनबेच हुनेमा प्रभु बैंकले सबैलाई उछिनेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उच्च प्रगति सहितको वित्तीय विवरण आउने हल्ला चलाईएपछि शेयरबजारमा प्रभुको कारोबार उच्च हुँदै आएको छ ।

प्रभु बैंकको यो साता १६ करोड ८० लाख रुपैयाँ बढीको शेयर किनबेच भयो । यसबीचमा प्रभुको ६ लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबार कित्ताको हिसाबले पनि प्रभुले सबैलाई उछिनेको छ ।

यसपछि उच्च कारोबार हुने एनआइसि एशियाको ६ करोड ७० लाख बढीको शेयर किनबेच भयो । यस्तै कुमारी, मेगा, एनएमबि, सिद्धार्थ, जनता,माछापुच्छ्रे, सिभिल र प्राइम बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन् ।

 

 

 

धेरै कित्ता शेयर किनबेच हुनेमा पनि प्रभु बैंकले नै सबैलाई उछिनेको छ । प्रभुलाई कुमारी बैंकले पछ्याएको छ । कुमारीको २ लाख १७ हजार कित्ता किनबेच भएको छ । मेगा बैंक, एनआईसि एशिया, जनता, सिभिल, माछापुच्छ्रे, एनएमबि, सिद्धार्थ र सेञ्चुरी लगायतका बैंकहरुको धेरै संख्यामा शेयर किनबेच भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।