हल्लाको भरमा लगानी गर्दै हुनुहुन्छ ! यस्ता छन् लगानीका लागि एक दर्जन टिप्स्

Oct 27, 2018 Merolagani

-तीर्थराज पाैड्याल।
पछिल्लो समय नयाँ कम्पनीहरु स्थापना तथा निजी कम्पनीहरू पब्लिकमा रूपान्तरण हुन चाहिरहेका छन्। थाेरै लगानी गरेर उच्चतम प्रतिफल प्राप्त गर्ने चाहना धेरैकाे हुन्छ तर राम्रा कम्पनीहरुमा गरिने लगानीबाट मात्र उच्चतम प्रतिफल प्राप्त गर्न सकिन्छ। दुख गरेर आर्जन गरेको मूल्यवान सम्पत्ति खराब कम्पनीमा गरिएको लगानीले माटो भएकाे उदाहरण खाेज्न टाढा जान

कतिपय कम्पनीहरु आईपिओ, एफपिओ निष्काशन गर्ने तयारीमा रहेका छन् भने कतिपय कम्पनीले हकप्रद जारी गर्ने क्रममा रहेका छन् । 

हालै स्थापना भएका बीमा, लघुवित्त, जलविद्युत्त, बैंक तथा वित्तीय संस्था र उद्योगहरु पनि साधारण शेयर ल्याउने प्रकृयामा रहेका छन् । वास्तविक क्षेत्रका कम्पनीहरूलार्इ समेत प्रमियम मूल्यमा शेयर जारी गर्न पाउने व्यवस्थाले उत्पादनमूलक कम्पनीहरू पनि पब्लिक कम्पनीमा आउन इच्छुक देखिन्छन् । 

नेपालकाे शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालार्इ मध्येनजर गरेर हामीले तपाइलाई लगानीका लागि निर्णय लिन सहज होस् भन्ने उदेश्यले एक दर्जन लगानी लगानी टिप्स् दिएका छौं ।

१. धितोपत्रमा गरिने लगानीको जोखिम लगानीकर्ता तपाई (स्वयं) ले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय लिने गर्नुहोस् ।

२. आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्ने र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् । यसबाट तपाइलाई कम्पनी कता जाँदैछ भन्ने विविध सूचना प्राप्त हुन्छ ।

३. धितोपत्रमा लगानी गर्दा आफ्नो आधिकारिक प्रमाणपत्रहरु नागरिकता वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

४. सार्वजनिक निष्काशन भएको समयमा धितिपत्र खरिद गर्दा लगानीकर्ताले धितोपत्र निष्काशन गर्ने कम्पनीको विवरणपत्र अध्ययन गर्नुपर्छ । त्यस्तै कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

५. विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका प्राप्त गर्नका लागि निष्काशनकर्ता कम्पनी, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संकलन केन्द्रहरुमा सम्पर्क राख्न सकिन्छ ।

६. धितोपत्र खरीदका लागि आफूले दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट मिति, रकम फिर्ता भुक्तानी, शेयर प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार (स्टक एक्सचेञ्ज) मा के कति मूल्य परिवर्तन हुनसक्छ भन्ने सम्बन्धमा सधै जानकारी राख्ने गर्नुहोस् ।

७. धितोपत्र बोर्डबाट धितोपत्र विनिमय बजारको सदस्यता र प्रमाणपत्र लिएका ५० वटा धितोपत्र दलाल (स्टक ब्रोकर) मार्फत मात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् । व्यक्तिगत लेनदेनका आधारमा गैरकानूनी किसिमबाट धितोपत्र खरिद बिक्री गर्ने नगर्नुहोस् यसले तपाई समस्यामा पार्ने गर्दछ ।

८. सधै कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र दोस्रो बजारमा लगानी सम्बन्धी निर्णय लिने गर्नुहोस् ।

९. विभिन्न अन्य सञ्चार माध्यमहरु (पत्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाईन) बाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् । यसले कम्पनीले गरेका विभिन्न गतिविधि कम्पनीको व्यवस्थापनमा भएको फेरबदल र कम्पनीले आगामी दिनमा लिने रणनीतिबारे जानकारी लिन सहयोग पुग्ने गर्दछ । कम्पनीमा बदमासी र राम्रो कार्य पनि सञ्चार माध्यबाटै प्राप्त हुने भएकाले आफ्नो लगानी रहेको कम्पनीको बारे जानकारी राख्न अत्यावश्यक हुन्छ ।

१०. कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।

११. धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण र कागजात उपलब्ध गराउन, आफूले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि २ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहेअनुसार रकम र प्रमाणपत्र बुझ्न र बुझाउन नबिसनुहोस् ।

१२. आफूले खरीद बिक्री आदेशको खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी भएको छ कि छैन भन्ने बारेमा सधैं सजग रहनुहोस् । कम्पनीहरुले हकप्रद निष्काशन तथा साधारण सभा र लाभांश वितरण गर्न धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गर्ने गर्नुहोस् ।

आफ्नो नाममा शेयर प्राप्त नहुँदा शेयर खरिद गरेर पनि तपाईले सम्बन्धित कम्पनीले वितरण गर्ने लाभांश, निष्काशन गर्ने हकप्रद र साधारण सभामा सहभागिता जनाउने अधिकार र अवसरबाट बञ्चित हुनुपर्छ ।

माथिका बुँदाहरुबाट धितोपत्रमा लगानी सम्बन्धी तपाईका थप जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायीहरु, धितोपत्र विनिमय बजार (नेप्से) तथा धितोपत्र बोर्डबाट समेत प्राप्त गर्न सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।