सहारा विकास बैंकको १० लाख ४४ हजार कित्ता शेयर लिलामीमा

Oct 28, 2018 Merolagani

सहारा विकास बैंक(SHBL) ले १० लाख ४४ हजार २५६ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फको ९ लाख २८ हजार २४८.७० र सर्वसाधारणतर्फको १ लाख १६ हजार ७.३० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।

बैंकको लिलामीको शेयरमा कार्तिक १८ गतेबाट आवेदन खुल्नेछ । जसमा मंसिर ८ गतेसम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । जसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्ने भएको हो ।

लिलामीको शेयरको न्युनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । संस्थागत समूहको लागि न्युनतम १ हजार र सर्वसाधारण शेयरको लागि न्युनतम एक सय कित्ताको लागि मात्रै आवेदन दिन पाइने छ ।

 

बोलपत्र आवेदन पाइने र बुझाउन एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज, र विराटनगरबाट दिन सकिने छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी तथा सहारा विकास बैंकको सर्लाहीबाट पनि आवेदन दिन सकिनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।