कूल निष्काशन गरेको आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार बाँडफाँड हुनेछ । यस अनुसार प्रत्येक आवेदकलाई गोलाप्रथाबाट दश कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता प्राप्त गर्नेछन् ।
कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ४७ हजार ४ सय जनाले २० कित्ताको दरले सेयर पाउने गरी मोडल तयार भएको छ । कम्पनीको आईपिओमा परेका आवेदन मध्ये ६१ व्टा आवेदन रद्ध भएका छन् ।
कम्पनीको सेयरमा ८३ हजार ३ सय १६ जना लगानीकताले आवेदन गरेका थिए ।
क्यापिटलका अनुसार कम्पनीको सेयरमा ४.४३ गुणा बढी आवेदन परेको हो । कर्मचारीका लागि २७ हजार ५ सय २० कित्ता सेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता सेयर मात्र माग गरेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४ सय ६१ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बितरण गर्ने मोडलमा उल्लेख छ ।
६० करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको साधारण सेयर पश्चात चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ । यसमा आयोजना प्रभावितका लागि यस अघि बिक्री गरिएको सेयर समेत पर्नेछ ।