आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?

Oct 28, 2018 Merolagani

आँखुखोला हाइड्रोपावर (AKHCL) को आईपिओ आइतबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपिओ सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको शेयर फेरि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार अधिकतम शेयर प्राप्त गर्ने ४७ हजार ४०० जनाले २० कित्ताको दरले प्राप्त गरेका छन् भने अन्य ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले साधारण शेयर प्राप्त गरे । 

आवेदनमा भएको त्रुटीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ताको आवेदन रद्ध भएको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा ८३ हजार ३१६ जना लगानीकताबाट ४.४३ गुणा बढी आवेदन परेको थियो ।

कर्मचारीका लागि २७ हजार ५२० कित्ता शेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता शेयर मात्र किनेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४६१ कित्ता शेयर समेत सर्वसाधारण आवेदकलाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको खण्डमा फेरि १० कित्ताको दरले नै बाँडफाँड गरिने र अपुग भएमा गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले स्थानीयबाट अवितरण सहित निष्काशन गरेको कूल १३ लाख ७६ हजार २० कित्ता आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयर सर्वसाधारणमा कम्पनीले असोज २३ गतेदेखि निष्काशनमा ल्याएको थियो । कर्मचारीहरुलाई छुट्टाएर अवितरित भएको २७ हजार ४६१ कित्ता सहित १३ लाख ७ हजार १६० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको साधारण शेयर पश्चात ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।