एभरेष्ट र लक्ष्मी बैंकको मर्जर अन्यौलताले लक्ष्मी बैंक बन्यो प्रमुख कार्यकारी विहीन

Oct 28, 2018 Merolagani

एभरेष्ट बैंक र लक्ष्मी बैंक मर्जरमा जाने भन्दै हातेमालो गरेको लामो समय बितेको छ । यसले अन्तिम रुप नपाउँदा लक्ष्मी बैंक प्रमुख कार्यकारी अधिकृत विहीन बनेको छ । गत आर्थिक वर्ष भित्रमा नै मर्जर सकिने भन्दै लक्ष्मीले सुदेश खालिङको कार्यकाल ६ महिना मात्र थप गरेको थियो ।

अहिले सम्म आईपिुग्दा एभरेष्ट र लक्ष्मीको मर्जर हुन सकेको छैन ।

जसका कारण २०७८ फागुनसम्मका लागि प्रमुख कार्यकारीको जिम्मेवारी पाउन सक्ने खालिङको दोस्रो कार्यकाल ६ महिनामै पुरा भएको हो ।

चार वर्षका लागि २०७० चैतमा बैंकको प्रमुख कार्यकारी नियुक्त भएका खालिङको कार्यकाल ०७४ फागुनमा सकिएको थियो ।

मर्जरका दौरान लक्ष्मी बैंकले एभरेष्टको अहिलेको नेतृत्वले नै एकीकृत संस्थाको नेतृत्व गर्ने सहमति अनुसार लक्ष्मी बैंकले खालिङको दोस्रो कार्यकाल ४ वर्षका लागि नभई ६ महिनाका लागि मात्र थप गरेको थियो । आफ्नो कार्यकाल पुरा भए पछि खालिङ विदा बसेका छन् ।

खालिङ विदा बसेसंगै लक्ष्मी बैंकमा प्रमुख कार्यकारीको पद रिक्त भएको हो । यसको एक मात्र कारण मर्जर प्रकृया हो । अब लक्ष्मी बैंकले फेरी नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नु पर्ने हुन्छ ।

राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशन २०७५ को संस्थागत सुशासनसम्बन्धी व्यवस्था अनुसार प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको ३ महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

एभरेष्टसँगको मर्जर प्रकृया अलपत्र पर्ने अवस्थाका कारण नै लक्ष्मी बैंकले अब नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नु पर्ने भएको छ । तर पुर्व योजना अनुसार अब ३ महिना भित्रमा मर्जर प्रकृया एक कदम अघि बढेको खण्डमा भने अवस्था अर्कै हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।