युनाइटेड फाइनान्सले कात्तिक ३० गते आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे २४ औं बार्षिक साधारण सभा डाकेको छ।
साे सभाले नगद लाभांशका साथै भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउन संस्थापक एफपिओ बिक्री गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेकाे छ ।
युनाइटेड फाइनान्सले मुत्तूट फाइनान्सलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा संस्थापक एफपिओ बिक्री गरेर भित्र्याउन लागेको हो । मुत्तूटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता संस्थापक सेयर दिएर साझेदार बनाउन लागिएको हो ।
कम्पनीको सञ्चालक समितिमा भारत मुत्तूट फाइनान्सको तर्फबाट एक जना सहित संस्थापक तर्फ ४ जना, सर्वसाधारणको २ जना तथा एक जना स्वतन्त्र सञ्चालक गरी कुल ७ जनाको सञ्चालक समिति बनाउन निमावलीका केही प्रावधान संशोधन गर्ने प्रस्ताव पनि पेश गरिने भएको छ ।
८० करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले गत बर्ष ६ करोड ४१ लाख रूपैयाँ नाफा कमाएको थियो । गत आर्थिक बर्षमा उसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा मात्र रहेको छ।