बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको उक्त बैठकले सो प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । त्यस्तै कर प्रयोजनका लागि ०.५७८ प्रतिशत अर्थात ३० लाख ६ हजार रुपैयाँ वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ ।
गतबर्ष बैंकले २० प्रतिशत बोनस दिएको थियो ।
हाल बैंकको ५१ करोड ९२ लाख रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी ५७ करोड ६३ लाख नाघ्नेछ ।