तीन करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा पुगेको छ । गत बर्ष यस्तो आम्दानी १८ रुपैयाँ २३ पैसा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ३० करोड ७२ लाख निक्षेप संकलन र ४७ करोड ६० लाख सापटीबाट ८२ करोड ७४ लाख कर्जा लगानी विस्तार गरेको छ । कम्पनीले निक्षेप ९३.६० र कर्जा ९३..९९ प्रतिशतले बढाएको हो ।
माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ८३ लाख ८० हजारबाट एक करोड १७ लाख पुगेको छ । यसबाट कम्पनीले २८ लाख ७४ हजार सञ्चालन नाफा गरेको छ । गत बर्ष कम्पनीको सञ्चालन नाफा २० लाख ४० हजार थियो । यद्यपि कम्पनीले दुई गुणा बढेको कर्मचारी खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
माइक्रोफाइनान्सको पूँजी कोष अनुपात १४.८० बाट १०.०२ प्रतिशतमा झरेकोले लगानी खुम्चने भएकाले व्यवस्थापन पक्षले यसतर्फ भने आवश्यक पहलकदमी लिनुपर्ने देखिन्छ ।
जगेडा कोष २५ प्रतिशतले संकुचन आएको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ एक पैसामा झरेको छ । लघुवित्तमा खराब कर्जा अनुपात ०.७० बाट ०.४१ प्रतिशतमा झरेको छ । यस कम्पनीको शेयरमूल्य आम्दानीको अनुपातमा ६७.६९ गुणा अधिक रहेको छ ।