ग्लोबलआइएमई लघुवित्तले झण्डै तीन गुणाले खुद नाफामा सुधार गरेको छ । गत आवको यसै अवधिमा २७ लाख ३५ हजार नाफा कमाएको कम्पनीले ७६ लाख १९ हजार खुद नाफा गरेको हो ।
नौ करोड ६० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा पुगेको छ । गत बर्ष यस्तो आम्दानी ११ रुपैयाँ ३९ पैसा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ४५ करोड निक्षेप संकलन र एक अर्ब ३० करोड ३४ लाख बैंकबाट सापटी लिएर एक अर्ब ६३ करोड ५८ लाख कर्जा लगानी विस्तार गरेको छ । कम्पनीले निक्षेप २५ करोड र कर्जा एक अर्ब ६ करोडले बढाएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी एक करोड १२ लाखबाट दुई करोड १९ लाख पुगेको छ । यसबाट कम्पनीले एक करोड १३ लाख सञ्चालन नाफा गरेको छ । गत बर्ष कम्पनीको सञ्चालन नाफा ३६ लाख ८३ हजार थियो । यद्यपि कम्पनीले दुई गुणा बढेको कर्मचारी खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
यस लघुवित्तको पनि पूँजी कोष अनुपात १५.७३ बाट ९.२२ प्रतिशतमा झरेकोले लगानी खुम्चने भएकाले व्यवस्थापन पक्षले यसतर्फ भने आवश्यक पहलकदमी लिनुपर्ने देखिन्छ ।
जगेडा कोष तीन गुणाको आकर्षक बढोत्तर्री गरेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३५ पैसाबाट १५६ रुपैयाँ २३ पैसामा बढेको छ । लघुवित्तमा खराब कर्जा अनुपात १.६३ बाट ०.५१ प्रतिशतमा झरेको छ । यस कम्पनीको शेयरमूल्य आम्दानीको अनुपातमा ३४.३९ गुणा अधिक रहेको छ ।