सप्तकोशीको इपिएस खुम्चियो

Oct 30, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न एक सय ३० प्रतिशत हकप्रद जारी गरेको सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को प्रतिशेयर आम्दानी वार्षिक एक रुपैयाँ २८ पैसामा झरको छ । गत बर्ष यसै अवधिमा बैंकको इपिएस दुई रुपैयाँ ९४ पैसा रहेको थियो ।

मोरङमा केन्द्रीय कार्यालय रहेको बैंकको नाफा चालू आवको तीन महिना अवधिमा १६ लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । 

गत बर्ष यसै अवधिमा बैंकले २८ लाख ५२ हजार खुद नाफा कमाएको थियो । नाफा घटेसँगै बैंकको इपिएस घटेको हो ।

५० करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई करोड ३२ लाख रुपैयाँ सञ्चित छ । तीन महिनाको अवधिमा बैंकले एक अर्ब ५० करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ४० करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ करोड ४० लाख रुपैयाँ छ । यो गत बर्ष भन्दा ६९ लाख ७३ हजार रुपैयाँले धेरै हो । खुद ब्याज आम्दानी बढाएपनि बैंकमा कर्मचारी खर्च र सम्भावित नोक्सानीमा वृद्धि भएसँगै बैंकको खुद नाफा ह्रास आएको छ ।

साथै बैंकमा खराब कर्जा अनुपात १.२१ बाट बढेर १.४८ प्रतिशत पुगेको छ भने प्रति शेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।