ब्यारिक गाोल्डको मुख्यालय क्यानडाको राजधानी टोरन्टोमा रहेको छ भने यसको सबैभन्दा ठूलो माइनिंग कम्प्लेक्स अमेरिकाको सहर नवाडामा रहेको छ ।
यो कम्पनीले १० देशबाट सुन निकाल्ने काम गर्दछ । सन् २०१७ मा यो कम्पनीले १० टन सुन निकालेको थियो । जसबाट कम्पनीले १४ सय मिलियन अमेरिकी डलर बराबरको खुद नाफा कमाएको थियो । ब्यारिक गोल्ड र रेन्डगोल्ड एउटै कम्पनीका रुपमा समायोजन भएसँगै विश्व बजारमा उसले कयौँ चुनौतीहरुको सामना गर्नुपर्ने बताइएको छ ।
सन् २०१२ देखि विश्व बजारमा सुनको जगेडा कोषमा १२ प्रतिशतसम्म गिरावट आएको छ । उता त्यसको बजार मूल्य यस बर्ष मात्र ८ प्रतिशतले घटेको छ । जानकारहरुका अनुसार समायोजन प्रक्रिया पूरा भएसँगै ब्यारिक गोल्डले आफ्नो व्यापारमा तीव्र रुपमा बढोत्तरी गर्नेछ ।
अफ्रिकामा रेन्डगोल्डको राम्रो पकड रहेको छ । जस्तै माली, सेनेगल, कान्गो गणराज्य इत्यादि । ल्याटिन अमेरिकामा कम्पनीको नाम नयाँ होइन । अर्जेन्टिना, चिली, पेरु र डोमिनिकन रिपब्लिकमा कम्पनीको पकड मजबूत रहेको छ । तर कम्पनी अब दक्षिण अमेरिकामा आफ्नो विशेष पहिचान बनाउनमा लागिपरेको छ । रेन्डगोल्डका संस्थापक मार्क ब्रिस्तोका अनुसार अझै पनि ल्याटिन अमेरिकामा धेरै सुन खोज्न बाँकी रहेको छ । ब्रिस्तो सन् २०१९ मा ब्यारिक गाोल्डका कार्यकारी निर्देशक हुनेछन् ।
ल्याटिन अमेरिकाको ‘गोल्ड बेल्ट’ ल्याटिन अमेरिकाको ‘एल इन्डिगो गाोल्ड बेल्ट’ मा भरपूर मात्रामा सुन पाइन्छ । यो अर्जेन्टिना र चिलीको बीच भागमा अवस्थित रहेको छ । यो हिस्सा कम्पनीको कयौँ प्रोजेक्टका लागि प्राथमिकता बन्दै आइरहेको छ । तर ती ठाउँहरुमा खुदाई त्यति सजिलो छैन ।
हालैका बर्षहरुमा ब्यारिक गोल्डमाथि पर्यावरणको दोहनका कयौँ आरोप लागेका छन् । यसका कारण कम्पनीले कयौँ कानूनी जाँच र विभिन्न विरोधहरुको सामना गर्नुपरेको थियो । यस्तै एउटा उदाहरण रहेको छ, अर्जेन्टिनाको बेलाडेरो खानीको । जहाँ सेप्टेम्बर २०१५ मा अर्जेन्टिनाको इतिहासको सबैभन्दा ठूलो खानी दुर्घटना भएको थियो । त्यहाँ लाखौँ टन धातुले पानीलाई प्रदुषित गरेको थियो ।
हाल अर्जेन्टिनाको लगभग ५० प्रतिशत सुन खानीमा ब्यारिक गोल्डको कब्जा रहेको छ र अन्य ५० प्रतिशत खानीमा श्यानडंग गोल्ड समूहको हिस्सामा रहेको छ । बिजनेस न्यूज अमेरिकाकी वरिष्ठ विश्लेषक लौरा सुप्रेनोले बीबीसीसँग भनिन्, ‘जब ब्रिस्तो खानीलाई ‘हात्ती’ को उपनाम दिन्छन्, तब त्यसले नयाँ खानीको खोजतर्फ इशारा गर्दछ । ल्याटिन अमेरिकाको कयौँ हिस्सालाई हालसम्म सही ढंगले खोज्न सकिएको छैन ।’
बीबीसी