सिद्धार्थ बैंकले साढे दश प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोडको ऋणपत्र ल्याउने

Oct 30, 2018 Merolagani

पछिल्लो समय वाणिज्य बैंकहरु व्यवसाय विस्तार र पूँजी काेष अनुपात बढाउन ऋणपत्र निष्काशनमा जुटेका छन् । यसैमा थपिएको छ सिद्धार्थ बैंक (SBL) पनि। बैंकले दुई अर्ब २५ करोड रूपैयाँको बराबरको ऋणपत्र (डिवेञ्चर) निष्काशन गर्ने भएको हो । 

सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको बाेर्डले जनाएकाे छ । 

निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्रीमा ल्याउने सिद्धार्थ बैंकले जनाएको छ । 

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक १०.५ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । १०.५% एसबिएल डिवेञ्चर २०८२ नाम दिइएको छ उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल चयन भएको छ ।

हाल बैंकमा बचत खाताको ब्याजदर ५ प्रतिशत देखि ७ प्रतिशतसम्म रहेको छ । ऋणपत्रमा १०.५ प्रतिशत ब्याज पाइने भएकाले यसमा गरिने लगानीबाट उच्च प्रतिफलको अवसर हुने बैंकले जनाएको छ । 

बाेडर्बाट अनुमति पाएपश्चात बैंकले सर्वसाधारणमा ऋणपत्र बिक्रीमा ल्याउनेछ ।

राष्ट्र बैंकले वाणिज्य बैंकको पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । पूँजी कोष अनुपात गणना गर्दा ऋणपत्रलाई पुरक पूँजीको रुपमा गणना गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ। यसरी पूँजी कोष अनुपातमा वाणिज्य बैंकहरुलाई ५ प्रतिशत हिस्सा पुरक पूँजीबाट मिलाउन पाउने व्यवस्था छ ।

यसअघि एनआईसी एशिया बैंकले ११ प्रतिशत ब्याजदरकाे भदौ महिनामा ७ बर्ष अवधिकाे १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरिसकेकाे छ भने चाैंथाे  पटक फेरि  ११ प्रतिशत ब्याजदरमै १० बर्ष अवधिकाे ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन बिक्री प्रबन्धक ताेकिसकेकाे छ ।

सानिमा बैंकले १० बर्ष अवधिकाे दुर्इ अर्ब रूपैयाँकाे सानिमा डिबेञ्चर जारी गर्न कात्तिक ७ गते  धिताेपत्र बाेर्डकाे अनुमति पाएकाे छ । यसमा १० प्रतिशत ब्याजदर प्राप्त हुने बैंकले जनाएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।