नेपाल बैंकको एफपीओमा बाेर्ड पुरानै अडानमा,अण्डरराइटरकाे अपील खारेज

Oct 30, 2018 merolagani

नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ प्रकरणमा पुरानै अडान लिएको छ । बोर्डले गत कात्तिक ४ गते जारी गरेको पत्रमाथि पुनर्विचारका लागि भन्दै अण्डरराइटर मर्चेन्ट बैंकरहरूले निवेदन दिएपनि बोर्डले पूर्व अडान छाडेन । यो बिचमा बोर्डले मर्चेन्ट बैंकर प्रतिनिधिहरूसँग भने पटक पटक छलफल गरेको थियो । 

एफपिओ सूचीकरण हुनु अगावै सव अण्डर राइटरमार्फत बिक्री गरेपछि बोर्डले एक साता अघि निर्देशन दिएको थियो।
बोर्डले नेपाल बैंकका ८ वटा प्रत्याभूतकर्तालाई अग्रिम रूपमा बिक्री गरिएको शेयर कानुन सम्मत नभएको भन्दै धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार मर्चेन्ट बैंकले प्रत्याभूत गरेको शेयर आफ्नै नाममा सूचीकरण गर्न निर्देशन दिएको थियो।

मर्चेन्ट बैंकरहरूले नक्कली बजार मार्फत १२४ जना व्यक्ति तथा संस्थालाई निर्धारित मूल्य भन्दा कम मूल्यमा र सिस्टमभन्दा बाहिर बिक्री गरेको तथ्य फेला परेको थियो ।

बोर्डले सिद्धार्थ क्यापिटल लिमीटेड, ग्लोबल आइएमई क्यापिटल लिमीटेड, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, सिविआइएल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडलाई गल्ती नदोहोर्याउन भन्दै पत्र काटेर पुनः सचेत गराएको हो ।

बैकले गत असार १५ गतेदेखि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत २८० रूपैयाँका दरले एफपिओ निष्कासन गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।