पचास प्रतिशत हकप्रद समायोजनपछि किसान माइक्रोफाइनान्सको शेयरमूल्य घट्यो

Oct 30, 2018 Merolagani

किसान माइक्रोफाइनन्स (KMFL) को ५० प्रतिशत हकप्रद समायोजनपछि मंगलबार शेयरमूल्य घटेको छ । नेप्सेले हकप्रदपछि प्रतिकित्ता एक हजार ११६ रुपैयाँ ६७ पैसामा समायोजन गरेकोमा मंगलबार कम्पनीको शेयरमूल्य १.५२ प्रतिशत अर्थात १७ रुपैयाँले घटेर एक हजार एक सय रुपैयाँमा झरेको हो ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा माइक्रोफाइनान्सको औसत आधार मूल्य एक हजार ५१८ रुपैयाँ ८३ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

माइक्रोफाइनान्सले ४ करोड ८० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ लाख ४० हजार २५० कित्ता बिक्रीको लागि मंगलबार बुकक्लोज गरेको थियो ।

लघुवित्त कम्पनीले गत वर्षको नाफाबाट ४ करोड ८० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सो वापत लाग्ने कर तिर्न १.५३ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।