सिर्जना फाइनान्सको खुद नाफामा सुधार, खराब कर्जा बढ्यो

Oct 31, 2018 Merolagani

सिर्जना फाइनान्स (SFFIL) को खराब कर्जा अनुपात गत बर्षको प्रथम त्रैमासको तुलनामा बढेको छ । गत बर्ष १.७१ प्रतिशत रहेको खराब कर्जा अनुपात २.४४ मा बढेको हो । उता गत बर्ष दुई करोड नोक्सानी ब्यहोरेको फाइनान्सले ४६ लाख ९९ हजार खुद नाफा आर्जन गरेको छ ।

फाईनान्सको निष्कृय कर्जा अनुपात बढेरेपछि फाइनान्सले दुई करोड ८७ लाख कर्जा नोक्सानी ब्यवस्था गरेको छ ।

खुद ब्याज आम्दानी नै अघिल्लो वर्षको तुलनामा ९५ लाख रुपैयाँले घटेको फाइनान्सको अन्य सञ्चालन र कर्मचारी खर्चमा खर्चमा भएको वृद्धिले नाफामा थप संकुचन ल्याएको छ । 

फाइनान्सले तरलता र निक्षेप तथा कर्जा वृद्धि प्रयाप्त भएको जनाएको छ । यस अवधिमा फाइनान्सले पाँच अर्ब ८० करोड निक्षेप संकलन गरि तीन अर्ब ९६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

फाइनान्सको जगेडा कोषमा ४ करोड २६ लाखले बढोत्तरी भई २० करोड ४३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

फाइनान्सको कर्जा निक्षेप अनुपात ६१.९३ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा रहेको भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ९९ पैसा रहेको छ ।

काेषकाे उच्च लागत (८.६२%) ले आधार ब्याजदर नै १३.३१ प्रतिशत पुगेको फाइनान्सले कर्जा निक्षेप अनुपात ६१.९३ प्रतिशत रहँदा कर्जा विस्तार गर्नसक्ने ठाउँ भएपनि ऋणीले महँङ्गो ब्याजदर खर्चनुपर्ने हुन्छ ।

४० करोड ६ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्रीका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस हकप्रद पश्चात फाइनान्समने ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।