किसान माइक्रोफाइनान्सकाे ५० प्रतिशत हकप्रद निष्काशन तय

Oct 31, 2018 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) ले मंसिर २ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार आह्वानपत्र मार्फत कम्पनीले सो जानकारी दिएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले कात्तिक १३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेकोले १२ गतेसम्म कायम रहने माइक्रोफाइनान्सको शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद जारी गर्न लागेको हो । जसका लागि सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक तोकिएको छ ।

हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत पुस ८ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हकप्रद जारी गर्दा कम्पनीको पूँजी ७ कराेड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीकाे २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

एक कराेड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।