तीन कम्पनीको नगद लाभाशं शेयरधनीको बैंक खातामा, भौतिक शेयर डिम्याट गर्न आग्रह

Oct 31, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तीन कम्पनीले गत बर्षको नाफाबाट वितरण गरिएको नगद लाभांश शेयरधनी दर्ता किताब बन्द भएकाे दिनसम्म डिम्याट गराएका शेयरधनीको बैंक खातामा पठाएका छन्। बोटलर्स नेपाल तराई, बोटलस नेपाल बालाजु र मेरो माइक्रोफाइनान्सले सूचना निष्काशन गर्दै लाभांश वितरण गरेको जनाएका हुन् ।

हालसम्म पनि भौतिक शेयर धारण गर्ने शेयरधनीहरुलाई तीन वटै कम्पनीले शेयर अभौतिकिकरण गराएर हितग्राही खाता (डिम्याट) मा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत भनेका छन् । 

बोटलर्स नेपाल (तराई) को असोज १६ गते सम्पन्न साधारण सभाले गत बर्षको नाफाबाट चुक्ता पूँजीको ४० प्रतिशत र बोर्टलर्स नेपाल (बालाजु) को असोज १५ गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यसैगरी मेरो माक्रोफाइनान्सको कार्तिक ९ गते सम्पन्न छैटौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

माइक्रोफाइनान्सले असोज १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गराएको हो ।

धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई शेयरधनीलाई लाभांश वितरण गर्दा बोनस हितग्राही खातामा र नगद लाभांश बैंक खातामा वितरण गर्न निर्देशन दिएको थियो । 

त्यसयता शेयरधनीहरुको लाभांश संकलनमा लाग्ने समय बचत भएपनि बैंक खातामा नगद लाभांश वितरण गर्दा कम्पनीको नाम उल्लेख्य नहुँदा कुन कम्पनीको नगद लाभांश प्राप्त भयो भन्ने विषयमा भने लगानीकर्ता अझै अलमलमा पर्ने अवस्था छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका लगानीकर्तालाई मात्र नगद लाभांश वितरण हुने हुँदा भौतिक शेयर हुनेले बैंक खाता अद्यावधिक र शेयर डिम्याट गराउन अनिवार्य बन्न जान्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।