सानिमा लाईफले ल्यायो 'शुभ लक्ष्मी जीवन बीमा योजना'

Oct 31, 2018 Merolagani

सानिमा लाईफ इन्स्योरेन्सले "शुभ लक्ष्मी (सावधिक) जीवन बीमा योजना"  ल्याएको छ । यस योजना मध्यम तथा निम्न स्तरीय जनसमुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको कम्पनीले जनाएको छ ।

समाजका विभिन्न तह र तप्काका मानिसहलाई समय सापेक्षिक रुपमा नयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिवद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट यो योजना तर्जुमा गरिएको कम्पनीले जनाएको छ । 

यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने बताइएको छ ।

सरल बीमा शुल्कमा १० लाख रूपैयाँसम्मको बीमा गर्न पाईने आकर्षक र नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीको दाबी छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।