फेसबुकको आम्दानी ३३ प्रतिशतले बढ्यो, फेसबुक वाच ल्याउने योजना

Oct 31, 2018 Merolagani

फेसबुकको जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासमा आम्दानी ३३ प्रतिशतले बढेर १३.७३ अर्ब डलर पुगेको छ । विश्लेषकहरूले १३.७८ अर्ब डलर पुग्ने अनुमान गरेका थिए । यो सँगै मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्यामा १० प्रतिशतले बढोत्तरी भएको छ । 

प्रयोगकर्ता बढेपछि अहिले २.२७ अर्ब पुगेको छ । तर, विश्लेषकहरूले २.२९ अर्ब पुग्ने अनुमान गरेका थिए ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने, ‘आगामी बर्ष फेसवुकमा ठूलो मात्रामा लगानी गर्ने योजना रहेको छ । फेसबुक वाच, इंस्टाग्राम टिभी र फेसबुक मार्केटप्लेस जस्ता नयाँ उत्पादन बनाउने र साइबर सेक्यूरिटी बढाउनमा हाम्रो फोकस रहनेछ ।’ जुलाईदेखि सेप्टेम्बरमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ताह?को संख्यामा बार्षिक आधारमा ९ प्रतिशतले बढोत्तरी भएको छ ।

फेसबुकको प्रतिशेयर आम्दानी अनुमान गरेभन्दा उत्कृष्ट देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको ३ महिनाको अवधिमा ईपीएस बार्षिक आधारमा ९ प्रतिशतले बढेर १.७६ डलर पुगेको छ । विश्लेषकहरूले १.४७ डलरको अनुमान लगाएका थिए ।

फेसबुकका अनुसार करिब २.६ अर्ब मानिसहरू हरेक महिना फेसबुक र त्यससँग सम्बन्धित एप (इंस्टाग्राम, व्हाट्सएप, म्यासेन्जर) प्रयोग गरिरहेका छन् । करिब २ अर्ब मानिसहरूले हरेक दिन ती एपको प्रयोग गरिरहेका छन् ।

जुकरबर्गले प्रयोगकर्ताहरूको सुरक्षा र हानिकारक सामग्री पोष्ट आफूहरूका लागि चुनौती भएको बताए । उनले यस मामला पहिले भन्दा सुधार भएपनि चुनौति यथावत रहेको बताए । तर आगामी बर्षको अन्त्यसम्मा सर्भर सुरक्षालाई मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।