नेप्सेले निर्देशन दिए भोलि देखि नै अनलाइन कारोबार गर्न तयार छौ: शेयर ब्रोकर

Oct 31, 2018 Merolagani

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले नेप्सेले निर्देशन दिए भोलि देखि नै ब्रोकरहरु पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत शेयर कारोबार गर्न तयार रहेको बताएको छ । 

एशोसिएसनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरु यसमा अभ्यस्त भईसकेकाले अनलाइनमा जान तयार रहेको मेरो लगानीलाई बताए ।

पूर्ण स्वचालित अनलाइन प्रणाली र मोक ट्रेडिङ कारोबार गर्ने सिस्टम एउटै भएको कारणले ब्रोकरहरु यसमा अभ्यस्त भईसकेका छन् । हामीलाई अनलाइन कारोबार प्रणाली संचालन गर्न कुनै कठिनाई छैन् । नेप्सेले निर्देशन दिए भोलि देखि नै अनलाइन प्रणाली संचालनमा ल्याउन सक्छौ, रानाभाटले भने ।

नेप्सेले अनलाइन प्रणाली मार्फत कारोबार गराउन ब्रोकरहरुलाई दुई चरणको प्रशिक्षण दिइसकेको छ । पहिलो चरणमा अनलाइन प्रणालीको सम्बन्धमा जानकारी गराएको थियो भने दोस्रो चरणमा प्राबिधिक प्रशिक्षण गराएको थियो । जुन अनलाइन कारोबार संचालनका साथै नेप्से तथा सिडिएसी सँगको समन्वय सम्बन्धमा थियो ।  

यता पूँजीबजारको नियमनकारी निकाय नेप्सेले भने अझै पनि अनलाइन कारोबार सुरु गर्ने मिति तय गर्न सकेको छैन । औपचारिक कार्यक्रम गरी तिहार अघि नै अनलाइन कारोबार प्रणालीको सुरुवात गर्ने योजना नेप्सेकोे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा अनलाइन कारोबारको औपचारिक सुरुवात गर्ने योजनामा रहेको नेप्सेले अर्थमन्त्रीको समय मिल्नासाथ मिति तय गर्ने भएको छ । नेप्सेका एक अधिकारीले अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात तिहार अघि नै गरिने दाबी समेत गरे ।

नेप्सेले छिटै अनलाइन प्रणालीमा जाने भन्दै कार्तिक ११ गते देखि मोक ट्रेडिङ स्थगित गरेको छ । लगानीकर्तालाई अनलाइन कारोबारमा अभ्यस्त गराउन भन्दै गत असोज २ गते देखि नेप्सेले मोक टेडिङ्ग गराएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।