माछापुच्छ्रे बैंकका ग्राहकले ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालमा छुट पाउने

Oct 31, 2018 Merolagani

माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका बीचमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

छुट्टा छुट्टै भएको सम्झौतामा पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक बाबु काजी कार्की र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब माछापुछ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७% सम्मको छुट पाउन सक्नेछन् ।

ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान/एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७% छुट दिने भएको छ ।

त्यसै गरी अर्को सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५% देखि १०% सम्म छुट पाउनेछन् ।

नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १०% छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५% छुट पाउने भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।