स्वदेशी र उन्नति माईक्रोफाइनान्स दुबैले उलेख्य बढाए खुद नाफा

Nov 01, 2018 Merolagani

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्था र उन्नति माइक्रोफाइनान्स दुबैले गत वर्षकाे तुलनामा बढ्दाे लागतकाे बाबजुत खुद नाफामा उत्साहजनक सुधार गरेको वित्तीय विवरण प्रकाशन गरेका छन्। स्वदेशीले खुद नाफामा २१८ .११ प्रतिशत र उन्नतिले  ८७.३८ प्रतिशतकाे बढाेत्तरी गरेका हुन् ।

चालू आवको तीन महिना अवधिमा स्वदेशी लघुवित्त (SDESI) ले ८३ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । 

गत बर्ष यसै अवधिमा लघुवित्तले २६ लाख २४ हजार खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले ७० करोड ८६ लाख निक्षेप संकलन गरेर दुई अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्त कम्पनीले निक्षेप ७२ र कर्जा लगानी ५० प्रतिशतले बढाएको हो ।

शतप्रतिशत हकप्रद बिक्री गरिरहेको कम्पनीको हाल चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ भने प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४ पैसा रहेको लघुवित्तले जगेडा कोषमा १३ करोड ५७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

खराब कर्जा अनुपात १.६७ प्रतिशतमा सुधार गरेको लघुवित्त कम्पनीको पूँजी कोष अनुपात भने १०.१६ प्रतिशतमा खुम्चिएको छ ।

उता उन्नति माइक्रोफाइनान्स कम्पनी (UMB) ले पनि गत बर्ष रहेको ४५ लाख १० हजारको खुद नाफालाई ८४ लाख ५१ हजार रुपैयाँमा बढाएको छ ।

समिक्षा अवधिमा माइक्रोफाइनान्सले ३८ करोड ६४ लाख निक्षेप संकलन गरेर एक अर्ब १३ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्त कम्पनीले निक्षेप १०२ प्रतिशतले र कर्जा लगानी २९ प्रतिशतले बढाएको हो ।

आर्इपिओ पश्चात पाँच करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको लघुवित्तले जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।

खराब कर्जा अनुपात ०.७४ प्रतिशतमा बढेको लघुवित्त कम्पनीको पूँजी कोष अनुपात भने ८.९८ प्रतिशतमा खुम्चिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।