एभरेष्ट इन्स्योरेन्सले संस्थापक हकप्रद निष्काशनका लागि तोक्यो बुकक्लोज

Nov 01, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले संस्थापक समूहको हकप्रद निष्काशनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि कात्तिक २७ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार कात्तिक २६ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

एभरेष्ट इन्स्योरेन्सले बीमा समतिको निर्देशन अनुसार हाल सबै साधारण शेयर मात्र रहेको कम्पनीले संस्थापक शेयर हिस्सा ५१ प्रतिशत कायम गर्न १०५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले १ बराबर १.०५ अनुपात अर्थात चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँको १०५ प्रतिशतले हुन आउने १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्दैछ । संस्थापक हकप्रदपछि इन्स्योरेन्सको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

संस्थापक हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको कम्पनीले फेरि ३०० प्रतिशत हकप्रद जारी गरेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्ने प्रकृयामा कम्पनीमा रहेको छ ।

धितोपत्र बोर्डले पहिलो पटक दियो शतप्रतिशत संस्थापक हकप्रद बिक्रीको अनुमति 

एभरेष्ट इन्स्योरेन्सका सेयरधनी संस्थापक बन्न राजी, यसरी पुर्याउँदै छ चुक्ता पूँजी

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।