कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक लगानीकर्ताले कम्पनीको लिलामी शेयरमा कार्तिक २६ गतेसम्म आवेदन गर्न पाइनेछ ।
नेशनल लाईफले गत साउन १ देखि भदौ १९ सम्म बिक्री खुला गरेको ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि निष्काशन गरेको सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा उपलब्ध गराइएको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेट बैंक लिमिटेडको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
नेशनल लाईफ इन्स्योरेन्सको शेयर धितोपत्रको दोस्रो बजारमा कात्तिक १५ गते बुधबार प्रतिकित्ता ६९७ रूपैयाँमा कारोबार भएको छ ।