लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा सानिमा पहिलो, शेयरमूल्य प्रभावित

Nov 01, 2018 Merolagani

गत आर्थिक बर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक(SANIMA) पहिलो बनेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले नगद लाभांश मात्र घोषणा गरेपछि बिहीबारको शेयर बजार खुलेको केहि बेरमै बैंकको शेयर मूल्य झण्डै चार प्रतिशतले घटेको छ ।जस अनुसार बैंकले एक अर्ब १२ करोड एक लाख ७५ हजार रुपैयाँ लाभांश बापत वितरण गर्नेछ । हाल बैंकको चुक्ता पूँजी आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

  

सानिमा बैंकको गत आर्थिक बर्षमा एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको थियो ।

एनएफआरएस अनुसार प्रकाशित बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा कायम भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।