गतबर्षको यसै अवधिको तुलनामा बैंकले खुद नाफा ४० प्रतिशतले बढाएको छ । बैंकले असोज मसान्तससम्म ६ करोड ३३ लाख रुपैंया खुद नाफा गरेको छ । गतबर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले पुँजी वृद्धिका वावजुद प्रतिशेयर आम्दानीमा सन्तुलनमा राखेको छ । जसको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा छ ।
बैंकले यस अवधिमा २१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेर १७ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । निक्षेप तथा कर्जा विस्तारमा ज्योति विकास बैंकल निक्षेप करिब ८६ प्रतिशतले बढाउँदा कर्जा प्रवाहमा ७८ प्रतिशतले बढेको छ ।
६५ करोड १३ लाख रुपैयाँ व्याज आम्दानी रगरेको बैंकको ब्याज खर्च ४४ करोड १५ लाख छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३५ करोड रुपैयाँ छ ।
निष्क्रिय कर्जा अनुपातमा सुधार गरेर ०.३९ प्रतिशतमा झारेको छ । यसको सीडी रेसियो ७६.३९ प्रतिशत, प्रतिशेयर आम्दानी ९.८७ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११३.५१ रुपैयाँ रहेको छ ।