समस्याग्रस्तबाट तंग्रदै गरेका तीन फाइनान्सको यस्तो आयो प्रगति विवरण

Nov 01, 2018 Merolagani

बिहीबार चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गर्ने तीन फाइनान्स कम्पनीमध्ये दुई कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ भने एक कम्पनीको नाफामा सुधार देखिएको छ। तीनवटै  कम्पनी समस्याग्रस्तबाट तंग्रने क्रममा रहेका छन् ।

 बिहीबार वित्तीय विवरण प्रकाशन गरेको वर्ल्ड मर्चैन्ट बैकिङ्ग एण्ड फाइनान्सले नाफा बढाउँदा ललितपुर र सिटी फाइनान्सको घटेको छ । वर्ल्ड मर्चेन्ट फाइनान्सको नाफा ७१ लाख रुपैयाँ छ ।

ललितपुरको खुद नाफा एक करोड १५ लाख र सिटी फाइनान्सको एक करोड ९ लाख रुपैयाँले ऋणात्मक छ ।

वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स

चालु बर्षको पहिलो तीन महिनामा वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनन्सको खुद नाफा ७१ लाख ५९ हजार रुपैयाँ छ । समस्याग्रस्त संस्थाबाट मुक्त हुने प्रक्रियामा रहेको फाइनान्सले खुद ब्याज आम्दानीमा उल्लेख्य बढोत्तरी गरेपछि नाफामा उच्च सुधार गरेको हो । कम्पनीले गत वर्षको भन्दा ६८ लाख ५७ हजार रुपैयाँ बढी नाफा कमाएको छ ।

२६ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोष २२ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समस्याग्रस्त संस्थाकै रुपमा रहेकाले कम्पनीको निक्षेपमा कुनै सुधार देखिँदैन। कम्पनीलाई निक्षेप संकलन र कर्जा विस्तारमा बन्देज छ ।

फाइनान्सको अझैपनि निष्कृय कर्जा शतप्रतिशत नै छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ७४ पैसा रहेको छ । मूल्यआम्दानी अनुपात ६.१० गुणाले बढी छ

ललितपुर फाइनान्स एक करोड १५ लाख घाटामा

ललितपुर फाइनान्स एक करोड १५ लाख घाटामा पुगेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सम्भावित जोखिम बापतको व्यवस्थापनमा आएको बढोत्तरी, कर्मचारी खर्च र उच्च रुपमा सञ्चालन खर्च बढेपछि फाइनान्स घाटामा गएको हो ।

समस्याग्रस्त संस्थाबाट फुकुवा भएको फाइनान्सले खराब कर्जा भने केहि घटाउँदै लगेको छ । उसले ९८ प्रतिशतमा रहेको खराब कर्जा ६० प्रतिशतमा झारेको छ ।

चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष ८ करोड ७६ लाख रुपैयाँले ऋणात्मक छ ।

असोज मसान्तसम्म २९ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ९८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले ८३ लाख रुपैयाँ ब्याज खर्च गरेर १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा नकारात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ र मूल्यआम्दानी अनुपात ३० रुपैयाँ ६० पैसाले गुणा छ ।

सिटी फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८३ पैसा नकारात्मक

सिटी फाइनान्सले प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८३ पैसा नकारात्मक रहेको विवरण सार्वजनीक गरेको छ। चालु वर्षको पहिलो त्रैमासमा फाइनान्सको खुद नाफा एक करोड ९ लाख रुपैयाँ नोक्सानीमा छ ।

साविकको समस्याग्रस्त कुँवेर मर्चेन्ट फाइनान्स नयाँ व्यवस्थापन आएपछि सिटी फाइनान्समा परिणत भएको थियो ।

३१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सको सञ्चित कोष २१ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । फाइनान्सले ४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७ करोड १३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिसम्म फाइनान्सको ब्याज आम्दानी १३ लाख रुपैयाँ छ । गत वर्षको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी एक लाख रुयैयाँ मात्र आर्जन गरेको थियो ।

गत वर्षको यसै अवधिमा फाइनान्समा निष्कृय कर्जा शतप्रतिशत रहेको थियो भने यस बर्षको पहिलो त्रैमासमा निष्कृय कर्जा घटाएर ५४.८२ प्रतिशतमा पुर्याएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।