डुइङ्ग बिजनेस इन्डेक्समा नेपालको स्तर खस्कियो, ५ स्थान तल झर्दै ११० अाैं स्थानमा

Nov 01, 2018 Merolagani

वर्ल्ड बैंकको ‘ईज अफ डुइङ्ग बिजनेस २०१९’ को सूचीमा नेपाल ११० औं स्थानमा परेको छ । गत वर्ष २ स्थानले सुधार गर्दै १०५ औं स्थानमा रहेको नेपाल यो बर्ष भने खस्किएको छ । यो बर्ष ५ स्थान तल झर्दै ११० अाैं स्थानमा पुगेको हो ।

विश्वका १९० देशहरु समावेश गरी तयार पारिएको रिपोर्टमा नेपाल दक्षिण एसियामा भने चौंथो व्यवसायमैत्री राष्ट्रको रुपमा रहेको छ ।

‘ईज अफ डुइङ्ग बिजनेस २०१९’ मा सबैभन्दा शीर्ष स्थानमा न्यूजिल्याण्ड रहेको छ। त्यसपछि क्रमशः सिङ्गापुर, डेनमार्क र हङकङ रहेका छन् । सूचीमा अमेरिका आठौं स्थानमा, चीन ४६ औं स्थानमा रहेका छन् ।

विश्व बैंकको रिपोर्ट अनु्सार ‘ईज अफ डुइङ्ग बिजनेस २०१९’ का लागि भारत ७७ औं स्थानमा छ भने दक्षिण एसियामा पहिलो स्थानमा रहेको छ । भुटान ८१ औंं र श्रीलङ्का १०० औंं स्थानमा छ । त्यसैगरी बंगलादेश १७६ औंं, अफगानिस्तान १६७ औंं, पाकिस्तान १३६ औंं र माल्दिभ्स १३९ औंं स्थानमा छ ।

दक्षिण एसियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौंथो नम्बरमा छ ।

अघिल्लाे वर्ष १३० बाट गत वर्ष भारत १०० औं स्थानमा रहेको भारत  यो बर्ष ७७ औं स्थानमा पुगेको छ ।

रिपोर्ट अनुसार व्यापारको सुरुवातका लागि नेपाल १०७ औं स्थानमा रहेको छ ।

यसमा नेपालको स्थान भारतभन्दा राम्रो रहेको छ भने अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटानभन्दा कमजोर रहेको छ । जहाँ अफगानिस्तान ४९ औं स्थानमा, माल्दिभ्स ७१ औं, श्रीलंका ८३ औं, भुटान ९१ औं र भारत १३७ औं स्थानमा रहेका छन् ।

 

निर्माण अनुमतिको दृष्टिकोणले पनि नेपालको स्तर खराब देखिएको छ । नेपालको स्तर १४८ औं स्थानमा रहेको छ ।

विजुली प्राप्तिमा एसियामा नेपाल चौंथो स्थानमा रहेको छ भने विश्वमा १३७ औं स्थानमा रहेको छ ।ऋण प्राप्तिमा नेपाल विश्वमा ९९ औं स्थानमा रहेको छ । लगानी सुरक्षामा नेपाल विश्वमा ७२ औं स्थानमा रहेको छ ।

कर भुक्तानीमा १५८ औं स्थानमा रहेको छ । दक्षिण एसियामा छैठौं स्थानमा रहेको छ । सीमापार कारोबारमा नेपाल ८२ औं स्थानमा रहेको छ, जबकी भारत ८० औं स्थानमा रहेको छ ।

इनफोर्सिङ कन्ट्रयाक्टमा नेपाल १५४ औं स्थानमा रहेको छ भने रिसल्भिङ इन्सल्भेन्सीमा नेपाल ८३ औं स्थानमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।