बीमालेख व्यतीत अनुपातमा सुधार, सुर्या लाइफको २७ प्रतिशतले घट्यो

Nov 01, 2018 Merolagani

आर्थिक वर्ष २०७३/७४ मा जीवन बीमालेखको व्यतीत अनुपातमा सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो अनुपात ३.१६ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष औषत १५.६३ प्रतिशत रहेको यो अनुपात १२.४७ प्रतिशतमा झरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार एक्चुअरी मुल्यांकन भएका ८ जीवन बीमा कम्पनीहरू मध्ये ५ कम्पनीको व्यतीत दरमा सुधार आएको छ भने ३ कम्पनीको यो दर बढेको छ ।

अघिल्लो आर्थिक वर्ष सबैभन्दा उच्च रहेको सूर्या लाइफ इन्स्योरेन्सको बीमालेख व्यतीतदर २७ प्रतिशतले घटेको छ । कम्पनीको बीमालेख व्यतीतदर ३० प्रतिशत रहेकोमा यो दर २७ प्रतिशतले घटेर ३.१२ प्रतिशतमा झरेको हो ।

यस्तै नेपाल लाइफको ९ प्रतिशतले घटेर १५.१५ प्रतिशत, गुराँस लाइफको ५.५६ प्रतिशतले घटेर १५.९१ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशतले घटेर ५.१२ प्रतिशत रहेको छ ।

यसैगरी सबै भन्दा कम एशियन लाइफ इन्स्योरेन्सको बीमालेख व्यतीत भएको छ । एशियन लाइफको ०.०४ प्रतिशत बीमालेख व्यतीत भएको बीमा समितिको तथ्यांक छ ।

यता प्राइम लाइफको बीमालेखको व्यतीत दर सबैभन्दा धेरै छ । अघिल्लो वर्ष १९.३८ प्रतिशत रहेको व्यतीत दर २.६३ प्रतिशतले बढेर २२.०१ मा पुगेको हो । यस्तै मेटलाइफको २१.३५ प्रतिशत, नेशनल लाइफको १८.५० प्रतिशत रहेको छ ।

१० प्रतिशत सम्म रहेको बीमालेख व्यतीत अनुपातलाई सामान्य मानिन्छ । यस्तै १० प्रतिशत देखि २० प्रतिशत सम्मको अवस्थालाई मध्यम र २० प्रतिशत देखि ३० प्रतिशत सम्मलाई भने जोखिमयुक्त मानिन्छ ।

के हो ? बीमालेख व्यतीत

बीमितले तोकिएको समयमा बीमालेख नवीकरण अर्थात बीमाशुल्क भुक्तान नगरे बीमालेख व्यतीत हुन्छ । तोकिएको समयावधि सकिएपछि बीमा शुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय थपिनेछ । त्यस अवधिभित्र पनि बीमा शुल्क भुक्तान नगरेमा बीमालेख निष्क्रिय अर्थात व्यतीत हुन्छ ।

बीमितले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमालेख नवीकरण गर्न सकिने प्रावधान छ ।

किन हुन्छ बीमालेख व्यतीत ?

नेपालमा अझै पनि जबर्जस्ती बीमा गराउने प्रचलन छ । यसरी बिक्री गरिएका अधिकांश बीमालेख नवीकरण नहुनुमा बीमित र अभिकर्ताकै कारण भएको पाइन्छ । नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार साना बीमालेखहरूको मात्रा धेरै भएकोले बीमालेख व्यतीत अनुपात धेरै देखिएको बताए ।

एउटा कम्पनीमा रहेको पोलिसी छोडेर अर्को कम्पनीमा बीमा गराउँदा पनि बीमालेख व्यतीत हुने गरेको उनको भनाई छ । विगत ३/४ वर्ष देखि बीमालेखको व्यतीत अनुपात घट्दै गएको उनले दाबी गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।