साढे चौध सय शेयर मूल्य भएको कम्पनीको प्रतिफल २१ रुपैयाँ

Nov 01, 2018 Merolagani

मदिराजन्य उत्पादन गर्ने कम्पनी हिमालयन डिष्ट्रिलरले गत बर्षको लाभांश घोषणा गरेको छ । बजारमा प्रतिकित्ता १४ सय ५६ रुपैयाँ हाराहारी शेयर मूल्य रहेको कम्पनीले प्रतिकित्ता २१ रुपैयाँ ५ पैसा लाभांश प्रस्ताव गरेको छ ।

बुधबार बसेको कम्पनी संचालक समितको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

डिस्टिलरीले गत वर्ष २० प्रतिशत नगद दिएको थियो । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ३९ लाख खुद नाफा कमाएको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता शेयर १४५६ को आसपासमा भईरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।